महानदी र तीनधारेमा भागोप्रमोको बुथ स्तरीय चुनाव कमिटी गठन

IMG-20260310-WA0085

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा र बुथ स्तरीय चुनाव कमिटी गठन गर्ने क्रममा महानदीको बुथ नम्बर २६४ र सिविटारको बुथ नम्बर २६१ मा चुनावी सभा साथै बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। महानदीको बुथ नम्बर २६४ मा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षतामा सभा सम्पन्न भएको छ। सभालाई पञ्चायत समिति सदस्य एवं महानदी पञ्चायत स्तरीय ब्लक कमिटीको सभापति कुसाङ लामाले सञ्चालन गरेका थिए। सभालाई महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, नारी शक्ति समष्टि सभापति निरा प्रधान र सभाध्यक्ष शेखरचन्द्र प्रधानले वक्तव्य राखेका थिए। सभामा बुथ नम्बर २६४ महानदीलाई लिएर चुनाव कमिटी गठन गरिएको छ। यस चुनाव कमिटीमा मुख्य संयोजक निरा प्रधान लगायत 45 जनाको कमिटी गठन गरिएको छ। त्यसरी नै अर्को सभा सिविटारको बुथ नम्बर २६१ मा सम्पन्न भएको छ। उक्त सभालाई बुथ सभापति राजेन प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा सिविटारको बुथ नम्बर २६१ अन्तर्गत पर्ने ६ वटा गाउँका प्रतिनिधिहरुलाई लिएर चुनाव कमिटी गठन गरिएको छ। यसमा मुख्य संयोजकको रूपमा राजेन प्रधानलाई चयन गरिएको छ भने ४५ जनाको कमिटी गठन गरिएको छ।

सभामा भागोप्रमो समष्टि कमिटीको पदाधिकारीहरु, पञ्चायत स्तरीय ब्लक कमिटीको पदाधिकारीहरु, बुथ स्तरीय पदाधिकारीहरु लगायत नारी शक्ति, युवा शक्ति, ट्रेड युनियन त विभिन्न भातृ संगठनका प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले विस्तृत जानकारी गराएका छन्।

About Author

Advertisement