महानदी ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड

photocollage_202371121508373.jpg

खरसाङ: यसपालीको ग्राम पञ्चायत चुनावमा महानदी ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड बनिने भएको छ। महानदी ग्राम पञ्चायतमा रहेको जम्मा ७ वटा पञ्चायत सदस्यको सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ५ वटा सिटहरू जित्न सफल भएको छ। सातवटा सिटमा चारवटा सिटहरू चाहिनेमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ५ वटा सिटहरू जितेर सजिलै महानदी ग्राम पञ्चायतमा बोर्ड गठन गर्ने तय देखिएको छ। महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटारको बुथ नम्बर २५९ मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी राजीव तामाङले जित हाँसिल गरेका छन् भने महानदी बजारको बुथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी पासाङ शेर्पा र घुम्ती कमानको सुदेशना लेप्चाले आजको मतगणनामा जीत हाँसिल गरेका छन्। महानदी ग्राम पञ्चायतको गिताङ्गे चियाबारी र सिविटारको बुथ नम्बर २५८ मा पहिलेबाटै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दुईजना प्रार्थीहरू निर्विरोध रहेका छन्। महानदी ग्राम पञ्चायत अन्तर्गत जंगपाना चियाबारीमा भारतीय जनता पार्टीले जीत हाँसिल गरेका छन् भने घुम्ती चियाबारीमा बुथ नम्बर २६३ बाट एकजना निर्दलीय प्रार्थी सजित दर्नाल बिजय बनेका छन्। महानदी ग्राम पञ्चायतको सिटमा बिजय हाँसिल गरेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरू क्रमैले पासाङ शेर्पा र राजीव तामाङले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement