महानदी ग्राम पञ्चायतको आयोजनामा डेंगु नेशनल डे पालन गर्दै सचेतना रैली सम्पन्न

IMG-20230516-WA0204.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको आयोजनामा आज डेंगु नेशनल डे पालन गर्दै डेंगुदेखि सचेत रहनलाई रैलीको आयोजना गरिएको छ। उक्त रैली महानदी बजारदेखि शुरु भएर रेलवे स्टेशन हुँदै एनएच ५५ भएर पञ्चायत कार्यालयसम्म आएर समाप्त भएको छ। उक्त रैलीमा महानदी ग्राम पञ्चायतको सचिव सिमला लामा लगायत कर्मचारीहरू अनि स्वनिर्भर दलहरूका प्रतिनिधिहरू, भीसीटी र भीएसडीका सदस्याहरू, आशा कर्मीहरू, महानदी ग्राम पञ्चायतका स्वस्थ्यकर्मीहरू लगायत महानदी हाई स्कूलको नानीहरूले पनि सहभागिता जनाएका थिए। महानदी ग्राम पञ्चायत क्षेत्रलाई डेंगुमुक्त राख्नलाई डेंगु नेशनल डेको अवसर पारेर जनसाधारणलाई सचेत गराउँदै उक्त रैलीको आयोजना गरिएको थियो। उक्त रैलीमा सबैले डेंगु सचेतना सम्बन्धी विभिन्न पोस्टरहरू, प्लेकार्डहरू हातमा लिएर स्थनीयहरूलाई सचेतनासहित रैली आयोजना गरिएको थियो। उक्त रैली महानदी ग्राम पञ्चायत परिसरमा आएर एउटा सचेतना कार्यक्रममा परिणत भएको थियो।

उक्त कार्यक्रममा डेंगु सचेतना विषयमा महानदी ग्राम पञ्चायतको सचिव सिमला लामा, महानदी महानदी ग्राम पञ्चायतको स्वास्थ्यकर्मी एएनएम बिशाखा छेत्री र स्वनिर्भर दलबाट लक्की प्रधानले वक्तव्य राखेका थिए। वक्ताहरूले उपस्थित सबैलाई डेंगुबाट जोगिने र डेंगु हुन नदिनलाई गरिने उपायहरू विषयमा जानकारी गराएका छन्। डेंगु नेशनल डे विषयमा पत्रकारहरूसित कुराकानी गर्दै महानदी ग्राम पञ्चायतको सचिव सिमला लामाले विस्तृत रुपमा बताएका छन्।

About Author

Advertisement