मल्ली र गेजिङबाट ड्रग्स सहित दुइ पक्राउ

IMG-20220916-WA0161.jpg

गान्तोक: राज्यमा दिन प्रतिदिन ड्रग्स बिक्रेताहरू सक्रियरूपमा अघि आइरहेको वर्तमान घटनाक्रमले दर्शाउँछ। सिक्किम पुलिसले ड्रग्समुक्त बनाउने उद्देश्यलेकेही महिनादेखि सक्रियारूपमा काम गरिरहेको छ। यसै क्रममा मल्ली पुलिसले ड्रग्ससहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी गेजिङस्थित ब्युदुङ निवासी प्रनिश तामाङकोरूपमा पुलिसले चिन्हित गरेको छ। मल्ली पुलिसले चेकपोस्टमा आरोपीलाई शंकास्पद अवस्थामा वाहनमा देखेपछि जाँच गरेको थियो। जाँचको क्रममा आरोपी तामाङबाट १३६ वटा विन्डलास विन्सपास्मो फोर्ट र १५ बोतल कफ सिरप फेला पारेको छ।

सोही प्रकारले गेजिङ जिल्ला पुलिसले गंगालाल प्रधान नामक एक व्यक्तिलाई ड्रग्ससहित पक्राउ गरेको छ। आरोपीलाई पुलिसले पेलिङ स्कूल मैदान नजिकबाट पक्राउ गरेको हो। जाँच गर्ने क्रममा आरोपीबाट पुलिसले १३३ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल फेला पारेको छ। पुलिसले आरोपीद्वयविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement