कुआलालम्पुर: दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूकी असाधारण अभियान मलेशिया ओपन ब्याडमिण्टन टुर्नामेण्टको सेमिफाइनलमा समाप्त भयो। सिन्धूले महिला एकल वर्गको म्याचमा दोस्रो वरीयता प्राप्त चीनकी वांग झीयीविरुद्ध हारको सामना गर्नु परेको थियो। सिन्धूले विश्वकी नम्बर दुई खेलाड़ीविरुद्ध दबाउ सहन गर्न सकिनन् अनि लगातार गल्ती गरिन्। यसैकारण म्याचमा उनले १६–२१, १५–२१–ले हारको सामना गर्नु पऱ्यो। खुट्टाको चोटबाट मुक्त भएपछि आफ्नो पहिलो टुर्नामेण्ट खेलिरहेकी सिन्धूले दोस्रो गेममा ११–६–को बढ़त हासिल गरेकी थिइन् तर त्यसपछि उनले फर्मलाई कायम राख्न सकिनन्। सिन्धूको हारसँगै टुर्नामेण्टमा भारतको चुनौती पनि समाप्त भयो। यसअघि क्वार्टर फाइनलमा जापानकी अकाने यामागुची चोटले गर्दा बाहिर हुँदा सिन्धूले अधिक मेहनत नगरी सेमिफाइनलमा प्रवेश गरेकी थिइन् तर उनले फाइनलमा स्थान बनाउने मौकालाई चाहिँ काममा लगाउन सकिनन्।









