मलेशियामा थुनामा रहेका चौधरीको रिहाइको माग

IMG-20240702-WA0076

विराटनगर (नेपाल): वैदेशिक रोजगारीको सिलसिलामा मलेशियाको कारागारमा बन्दी बनाइएका विराटनगरका युवा अशोककुमार चौधरीको रिहाइका लागि पहल गरिदिन परिवारले गुहार मागेका  छन्। विराटनगर–१३ का चौधरी २०२२ साल अगस्त ४मा सेक्युरिटी गार्डको रोजगारीका निम्ति मलेशिया गएका थिए। नेपाल पुलिसका पूर्व असईसमेत रहेका चौधरीलाई भिसा नवीकरण नगरी अवैधरूपमा काम गरेको आरोपमा त्यहाँको अध्यागमन विभागले २०२४ अप्रेल १७ मा पक्राउ गरेको चौधरीकी श्रीमती चन्द्रकुमारी राईले जानकारी दिइन्। पत्रकार सम्मेलन गर्दै राईले इटहरीको अञ्जली म्यानपावर कम्पनीमार्फत आफ्नो श्रीमान् दुई वर्षका लागि रोजगारीमा गए पनि काम गर्दागर्दैको अवस्थामा त्यहाँको पुलिसले कोठामा छापा मारेर पक्राउ गरेको बताइन्। आफ्नो श्रीमान् अञ्जली म्यानपावरमार्फत १ लाख ८० हजार खर्चिएर मलेशिया जाने प्रक्रिया अघि बढाए पनि सो म्यानपावरले काठमाडौंको म्यानपावर गुडविलमार्फत मलेशिया पठाएको हाल आएर आफूले थाहा पाएको उनको भनाइ छ।

About Author

Advertisement