मरेको हात्तीको शावक सातभैया चियाकमानबाट उद्धार

15-17-26-b40de2d2-aa88-439a-a8c2-154c528f8d34-1024x576.jpg

नक्सलबारी: आज बिहानै मरेको हात्तीको शावक नक्सलबारीको सातभैया चियाकमानबाट उद्धार गरिएको छ ।स्थानीय मानिसहरूले नक्सलबारीको सातभैया चियाकमानमा मरेको हात्तीको शावक देखेपछि घटनाबारे वन विभागलाई खबर दिएका थिए। यो घटनाको खबर पाउनेसाथ टुकरियाभाड र बाघडुग्रा वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर माटो खनेर मरेको हात्तीको शावक उद्धार गरेको छ। वन विभागको अनुमान अनुसार उक्त हात्तीको शावक चियाकमानको ड्रेनमा पस्दा हात्तीको दलले शावकलाई उद्धार गर्ने प्रयास गर्दा माटोले पुरिएर शावकको मृत्यु भएको हुनसक्ने बताइएको छ। वन विभागका कर्मीहरूले मरेको हात्तीको शावक उद्धार गरेर पोस्टमार्टमको लागि टाइपु बिट अफिसमा पठाएको छ।

About Author

Advertisement