मरमत्ति गर्न लगिरहेको वाष्पचालित डीएचआरको ईञ्जिनले छोड्यो लिग्

CollageMaker_202322417944834.jpg

खरसाङ: खरसाङदेखि माथि गोथल्स साइडिङमा आज अपरान्ह ट्रेन डिरेल भएको जानकारी प्राप्त भएको छ। दार्जिलिङ हिमालयन रेलवेको ईञ्जिन डिरेल भएको जानकारी छ। डीएचआरको डिजेल ट्रेनले वाष्प ईञ्जिनलाई तानेर मरमत्तिको लागि तीनधारेस्थित रेलवे कारखाना लगिरहेको समय गोथल्स साईडिङमा ईञ्जिनले लिग् छोड़ेको बताइएको छ। उक्त रेलको ईञ्जिन डेड रहेको र मरमत्तिको लागि लगिएको समय खरसाङको गोथल्स नजिकमा डिरेल भएको बताइएको छ। ट्रेन डिरेल भए पनि कसैलाई केही नभएको बताइएको छ।

About Author

Advertisement