कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार राज्य सरकारको तर्फबाट ल्याइएको दुआरे सरकार क्याम्प अर्थात् बांग्ला सहायता केन्द्रको माध्यमले १० करोड़भन्दा धेरै मानिसहरूलाई सरकारी सुविधाहरूको लाभ मिलेको दाबी गरेकी छन्।
उनले ट्वीटरमा लेखिन्, अत्यन्त आनन्दको साथ म बताउन चाहन्छु कि बांग्ला सहायता केन्द्रको माध्यमले राज्यका 10 करोड़भन्दा धेरै मानिसहरूले सरकारी सेवाहरू पाएका छन्। यो संख्याले प्रशासन कुन प्रकारले धरालतमा मानिसहरूको निम्ति बिना मूल्य सरकारी सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छ भनी प्रमाणित गर्दछ।
-हिस











