मप्र गृहमन्त्रीको चेताउनी- ‘शिर तनदेखि अलग..’- को नारा लगाउनेहरूमाथि हुनेछ रासुकाको कारबाही

nat-3

भोपालः रतलाममा पुलिस चौकी समक्ष प्रदर्शन गरी ‘शिर तनदेखि अलग ..’-को नारा लगाइएको घटनालाई प्रदेश सरकारले गम्भीर रूपमा लिएको छ। यस मामिलामा गृहमन्त्री डा.नरोत्तम मिश्रले चेताउनी दिँदै भनेका छन्, यस्ता मानिसहरूलाई कुनै पनि मूल्यमा छाड़िनेछैन। एफआईआर दर्ता गरिएको छ। अपराधीहरू चिन्हित भइसकेका छन्। चाँड़ै उनीहरू पुलिसको हिरासतमा हुनेछन् र उनीहरूविरूद्ध राष्ट्रिय सुरक्षा कानून (रासुका) एनएसए अन्तर्गत कारबाही गरिनेछ।

गृहमन्त्री डा. मिश्राले शुक्रवार भोपालस्थित आफ्नो निवासमा मीडियासित बातचित गर्दै भने, यस्ता मानिसहरूले यो कुरा बुझोस् कि यो राजस्थान होइन, न त यहाँ कंग्रेसको सरकार छ। यो मध्य प्रदेश हो र यस्तो आतङ्कवादी नारा लगाउनेहरूको चौबिस घण्टामै पत्तो लाग्नेछ। होश गरौं, नत्र के-के अलग्गिने छ उनीहरूले बुझ्न सक्दैनन्। रतलाममा शिर तनदेखि अलग जस्ता नारा लगाउने अपराधीहरू चिन्हित भइसकेका छन्। पुलिसले चाँड़ै उनीहरूलाई हिरासतमा लिएर कारबाही गर्नेछ।

स्मरण गराइन्छ, गत ९ अगस्तमा एक युवतीले सोशल मीडियामा इस्लामलाई लिएर आपत्तिजनक पोस्ट गरेकी थिइन्। यो खबर फैलिएपछि आक्रोशित मुस्लिम समाजका मानिसहरूले त्यै राती लगभग १० बजे हाट रोड़स्थित पुलिस चौकीमा गएर एफआईआर दर्ता गराउने माग गरे। क्षणभरमै त्यहाँ ठूलो संख्यामा मानिसहरू एकत्रित भए।

मानिसहरूले आपत्तिजनक पोस्ट गर्ने युवतीलाई पक्राउ गर्ने र उसको घर भत्काउने माग गर्दै पुलिस चौकीलाई घेराउ गरे। त्यस भीड़मा सामेल केही मानिसहरूले “शिर तनदेखि अलग”- को नारा लगाएका थिए। यस्तो नारा लगाउने व्यक्तिहरूलाई गृहमन्त्री डा. मिश्राले चेताउनी दिँदै उनीहरूविरूद्ध रासुकाको कारबाही गर्ने बताएका छन्।

-हिस

About Author

Advertisement