मप्रः इन्दौरमा पूर्व ब्याङ्क अधिकारीको घरमा सीबीआईको छापा

nat-3

इन्दौरः केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई)-ले शहरको पश कलोनी बसन्त विहारमा सेवानिवृत्त ब्याङ्क अधिकारीको घरमा छापामारीको कारबाही गरेको छ। दिल्लीबाट आएको सीबीआई टीम शुक्रवार भोर बिहान बसन्त विहारस्थित सेवानिवृत्त ब्याङ्क अधिकारीको घरमा पुग्यो।

यहाँ प्रवेश गर्नसाथ अधिकारीहरूले आफ्नो परिचय दिएर मोबाइल फोन जफ्त गरे तथा उनलाई बाहिर जानदेखि रोके। बाहिरबाट पनि कसैलाई घरभित्र प्रवेश गर्न दिइएन। दिल्ली सीबीआईका तीन अधिकारीहरूसितै स्थानीय पुलिस पूर्व ब्याङ्क अधिकारीको बङ्गलोमा बिहाना पुगेको थियो।

सूत्र अनुसार सीबीआईलाई व्यापक घोटाला भएको इनपुट प्राप्त भएको थियो। यसैको आधारमा यो कारबाही गरिएको हो। उक्त बङ्गलो सेवानिवृत्त ब्याङ्क अधिकारी बालकृष्ण व्यासको हो। व्यास ब्याङ्क अफ् इण्डियामा पदस्थ थिए।

सीबीआईको कारबाही अवधि बङ्गलोमा उनकी पत्नी उपस्थित थिइन्। उनको एकजना छोरी मुम्बई र एकजना विदेशमा बस्छन्। कारबाही अवधि सीबीआई टीमले केही महत्वपूर्ण कागज-पत्रहरूलाई कब्जामा लिएको छ। यस मामिलामा सीबीआईले उनको जमीन, घर, ब्याङ्क खाता आदिको जानकारी जुटाइरहेको छ। हाल अधिकारीहरू केही भन्ने अवस्थामा छैनन्।

-हिस

About Author

Advertisement