मन्दिर-मस्जिद विवादन्बरे सर्वोच्च अदालतमा सुनुवाइ

Supreme-Court

नयाँ दिल्ली: देशमा मन्दिर-मस्जिद विवादमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ भयो। अदालतले यस्ता मुद्दामा अदालतले कुनै आदेश दिन वा सर्वेक्षणको आदेश दिन नहुने बताएको छ। सर्वोच्च अदालतको ३ सदस्यीय इजलासले पूजा स्थल ऐन (विशेष प्रावधान) १९९१ को केही धाराको वैधतामा परेको निवेदनको सुनुवाइ गर्दैछ। सीपीआई-एम, इन्डियन मुस्लिम लिग, एनसीपी शरद पवार, आरजेडी सांसद मनोज कुमार झा लगायत ६ वटा दलहरूले यस ऐनको विरुद्धमा याचिका दायर गरेका छन्। इजलासले भन्यो, “हामी यस कानूनको दायरा, अधिकार र संरचना जाँचिरहेका छौं। यस्तो अवस्थामा अरु सबै अदालतले हात टाँस्नु उपयुक्त हुन्छ।” सुनुवाइको क्रममा प्रधानन्यायाधीश सञ्जीव खन्नाले भने, ‘’हामीसँग दुईवटा मुद्दा छन्, मथुराको शाही इदगाह र वाराणसीको ज्ञानवापी मस्जिद।‘’ त्यसपछि देशमा १८ भन्दा बढी यस्ता मुद्दा विचाराधीन रहेको अदालतलाई बताइयो। तीमध्ये १० मस्जिदसँग सम्बन्धित छन्। यसपछि सर्वोच्च अदालतले केन्द्र सरकारलाई ४ हप्ताभित्र याचिकाहरूमा आफ्नो अडान प्रस्तुत गर्न भनेको छ। प्रधानन्यायाधीश सञ्जीव खन्नाले भने, ‘’केन्द्रले जवाफ नदिएसम्म हामी सुन्न सक्दैनौं। हाम्रो अर्को आदेश नभएसम्म यस्तो नयाँ मुद्दा दायर गर्नु हुँदैन।‘’

About Author

Advertisement