मन्त्री सोनाम लामाले गरे बौद्ध गुम्बा भवनको उद्घाटन

IMG-20230207-WA0159.jpg

पाकिम: राज्यका धर्म मामिला विभागीय मन्त्री सोनाम लामाले आज पाकिमस्थित बढ़ोत्तरी गरिएको पाँचे बौद्ध गुम्बा भवनको उद्घाटन गरे। उद्घाटन समारोहमा उनीसँग संस्कृति विभागका ओएसडी पीके सुब्बा, पाकिमका जिल्लापाल टाशी छोपेल, अतिरिक्त जिल्लापाल, खण्ड विकास अधिकारी, गुम्बा समितिका अध्यक्ष लगायत अन्यको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले गुम्बा समितिका सदस्यहरूलाई गुम्बाको थप विकासहेतू आफ्नो पक्षबाट पूर्ण सहयोग पुऱ्याउने आश्वासन दिए। उनले धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै तीर्थस्थलको पवित्रता कायम राख्न समुदायलाई आग्रह गरे।

About Author

Advertisement