मन्त्री साम्दुप लेप्चाले मंगनमा विरूवा रोपे

मंगन। मंगन खण्ड अन्तर्गत रिङघिम नामपाटाम ग्राम पञ्चायतको अप्पर सिङघिक वार्डको नवनिर्मित ग्राम प्रशासन केन्द्रको सड़क किनारामा पर्यावरण महोत्सवमाझ आज राज्यको वन एवं पर्यावरण विभागद्वारा विरुवा रोपण कार्य गरियो।

कार्यक्रममा क्षेत्र विधायक एवं राज्यका सड़क एवं पूल विभागीय मन्त्री सामडुप लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। यसैगरी क्षेत्रका सबै पञ्चायत, मंगन प्रभागका वन अधिकारी पेम्पा डाडुल लाचेनपाल, सह-वन संरक्षक शान्ता सुब्बा लगायत सम्बन्धित विभागका अधिकारी अनि कर्मचारीहरूको सहभागिता रहेको थियो। आजको कार्यक्रममा ग्राम प्रशासन केन्द्र परिसरमा विविध प्रजातिका पौधाहरू रोप्ने कार्य भयो।

About Author

Advertisement