मन्त्री साम्दुप लेप्चालाई विभागका अधिकारीहरूले गरे स्वागत

IMG-20240704-WA0303

गान्तोक: राज्यका सामाजिक न्याय एवम कल्याण विभाग साथै प्रिन्टिङ अनि स्टेशनरी विभाग मन्त्री साम्दुप लेप्चालाई आज विभागमा स्वागत जनाइयो। विभागका सचिव डा. एबी कार्कीले लगायत अन्य अधिकारीहरूले मन्त्री लेप्चालाई प्रिन्टिङ एण्ड स्टेसनरी विभागमा स्वागत जनाए। यसरी आफूलाई भव्यरूपमा स्वागत जनाएकोमा मन्त्री लेप्चाले विभागका अधिकारीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अधिकारीहरूसँग तालमेल राखेर विभागको हितमा काम गर्ने उनले आश्वासन दिए। मन्त्री लेप्चाले राज्यको विकास हेतु नीतिहरू तयार गर्न निगम र कर्मचारीहरूबाट समन्वय बनाउन आग्रह गरे। आजको समन्वय सभा फलदायक रहेको र यस अवसरमा कर्मचारी साथै अधिकारीहरूले आफ्नो विचार व्यक्त गर्दै वर्तमान समयमा झेलिरहेका समस्या साथै चुनौतीहरूबारेमा पनि छलफल गरेको जानकारी गराइएको छ।

About Author

Advertisement