मन्त्री शर्माले गरे बॉंस उपचार एवं संरक्षण संयंत्र तथा ग्रामीण हाट निर्माणको निम्ति प्रस्तावित ठाउॅंको निरीक्षण

n532201136169316058441322228cbc893f816bd57b45d0f6ba1ba6e1c93fa8097db03679cd89cf9bb71498.jpg

गेजिङ: कृषि, बागवानी एवं पशुपालन विभाग मन्त्री लोकनाथ शर्माले आज जेल डॉंड़ा, ओमचुङमा बॉंस उपचार एवं संरक्षण संयंत्र तथा ग्रामीण हाट निर्माणको निम्ति प्रस्तावित ठाउॅंको निरीक्षण भ्रमण गरे।

भ्रमण अवधि गेजिङ नगर पञ्चायतका उपसभापति लाकी डोमा भोटिया, जिल्ला पञ्चायत सागर शर्मा, बागवानी विभागका अधिकारीहरू तथा अन्यहरूको उपस्थिति रहेको थियो।

मन्त्री शर्माले बॉंस उपचार एवं संरक्षण संयंत्र तथा ग्रामीण हाट निर्माणले क्षेत्रमा पुग्ने फाइदाको बारेमा जानकारी गराए। भ्रमण टोलीले विभिन्न चुनौतीहरू र योजनामाथि पनि चर्चा गरेको थियो।

About Author

Advertisement