मन्त्री शर्माले गरे एसकेएम पार्टी किसान मोर्चाका प्रतिनिधिहरूसँग बैठक

IMG-20230319-WA0008.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टी,किसान मोर्चाको शीर्ष टोलीसँग राज्य सरकारका कृषि,बाग्वानी एवं पशुपालन विभागका मन्त्री लोकनाथ शर्माले एक विशेष बैठक गरे। बैठकमा पार्टीको किसान मोर्चा अध्यक्ष पदम शर्मा,उपाध्यक्ष सीपी भट्टराई,महासचिव एवं सिक्किम दुग्ध संघका अध्यक्ष याम कुमार मिश्र लगायत अन्य शीर्ष पदाधिकारीको उपस्थिति रहेको थियो। आगामी २३ मार्च २०२३ को दिन एसकेएम पार्टीको किसान मोर्चा द्वारा कर्फेक्टारमा आयोजना गरिने भएको कार्यक्रमको बारेमा छलफल गर्न उक्त सभाको आयोजना गरिएको हो। बैठकमा आउँदो कार्यक्रमलाई सफल बनाउन किसान मोर्चा प्रकोष्ठ द्वारा गरिनुपर्ने तयारीको सम्बन्धमा चर्चा गरिएको थियो। मन्त्री शर्माले कार्यक्रमलाई सभ्य र भव्य बनाउन किसान मोर्चाका प्रतिनिधिहरूले समन्वय रूपमा काम गर्नुपर्ने दिशामा जोड दिए। सभामा उपस्थित शीर्ष व्यक्तित्वहरूले पनि आ-आफ्नो सुझाव अनि सल्लाह राखेका थिए।

About Author

Advertisement