मन्त्री लेप्चाद्वारा निर्माणाधीन पुलको निरीक्षण

IMG-20250223-WA0273

गान्तोक: सिक्किम सरकारका वन तथा पर्यावरण विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चाले ग्रेफद्वारा निर्माणाधीन पुलको निरीक्षण गरे। जङ्गुलाई मंगनसंग जोड़ने फिदाङ गाउँ नजिकै निर्माधीन फि खोला पुलको निर्माण कार्यको निरीक्षण गर्दै निर्माण कार्यलाई तीब्रता दिने निर्देश दिए। उक्त पुल गत जुन महिनामा निरन्तर आएको भारी वर्षाको कारण क्षतिग्रस्त भएको थियो। वनमन्त्रीको उक्त भ्रमणको क्रममा ग्रेफका अधिकारीहरुले चाड़ै निर्माण कार्य पूरा हुने बताए। साङखलन पुल क्षतिग्रस्त भएपछि उक्त मार्ग जङ्गुबासीका लागि जीवनरेखाको रूपमा मानिएको छ।

About Author

Advertisement