मन्त्री लामाको राज्यपालसँग भेट

IMG-20250904-WA0155

गान्तोक: विभागीय मन्त्री सोनम लामाले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा मन्त्री लामाले आगामी ७ सेप्टेम्बरको दिन चुक्लाखाङ प्यालेसमा आयोजना गरिने पाङ ल्हाब सोल पर्वमा मुख्य अतिथिकोरूपमा निमन्त्रणा दिएका छन्। राज्यपालले मन्त्री लामाको निम्तोलाई स्वीकार्दै कार्यक्रममा उपस्थितिको वचन दिएका छन्। राज्यपालले निमन्त्रणालाई स्वीकार्दै कार्यक्रमको सफलताको निम्ति शुभकामना दिएका छन्। भेटको क्रममा मन्त्री लामासँग मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव फूर्बा भोटिया पनि सामेल थिए।

About Author

Advertisement