मन्त्री भोजराज राई मुख्यमन्त्री कम्पाउन्ड आर्चरी गोल्ड कपमा सामेल

IMG-20250411-WA0247

पाकिम: पाकिम जिल्लाको कार्थोक आर्चेरी मैदानमा हिजोदेखि शुरू भएको मुख्यमन्त्री कम्पाउन्ड आर्चरी गोल्ड कपको २३ औं संस्करणको दोस्रो दिन भव्यरूपमा सम्पन्न भयो। दोस्रो दिनको प्रतियोगितामा सोचेग्याङ जीटी बनाम मेनामला ह्वाइटबीच प्रतिष्पर्धा भएको थियो। यस अवसरमा शहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति विभागीय मन्त्री भोजराज राई मुख्य अतिथि थिए। कार्यक्रममा मन्त्री राईसँगै समाज कल्याण विभागका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो। सिक्किम राज्य स्थापनाको ५० औं वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगिताको महत्वबारे जानकारी दिइएको थियो। खेलकूदको माध्यमद्वारा युवाहरूलाई समावेश गराएर सिक्किम राज्यलाई नशामुक्त बनाउने उद्देश्यले प्रतियोगिता आयोजन गरिएको हो। यस्तै प्रकारले राज्यको विभिन्न जिल्लामा पनि आयोजना गरिरहेको छ। कार्यक्रम विशेष गरेर नशामुक्त भारत अभियान र नशामुक्त सिक्किम अभियानको ब्यानरमा राज्यभरि नै आयोजन भइरहेको छ। हिजोदेखि शुरू भएको आर्चेरी प्रतियोगितामा कूल १५ टोलीले प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। यसको समापन आगामी 27 अप्रेलको दिन हुने आयोजक समितिले जानकारी गराएको छ।

About Author

Advertisement