मन्त्री नेपालद्वारा लेग्शेपमा पेविलियनको उदघाटन

IMG-20220613-WA0154.jpg

गान्तोक। गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक एवम कृषि विभाग मन्त्री लोकनाथ नेपालले हिजो लेग्शेपको खेल मैदानमा पेविलियनको उदघाटन गरे। पश्चिम जिल्ला पञ्चायत साथै ग्रामीण विकास विभागको पहलमा निर्माण गरिएको उक्त पेविलियन उदघाटन कार्यक्रममा जिल्ला अध्यक्ष देविका सुब्बा विशिष्ट अतिथिकोरूपमा उपस्थित रहेकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले सर्वप्रथम पेविलियन निर्माणको निम्ति तुलसी प्रसाद प्रधानको योगदानको सराहना गरे। यसका साथै जिल्ला पञ्चायत लगायत अन्यहरूले पुऱ्याएको योगदानको पनि उनले प्रशंसा गरे। यस पेविलियनको उचित संरक्षण हुनु पर्ने विषयमा सबैलाई अवगत गराए।

About Author

Advertisement