मन्त्री नेपालद्वारा रिनाक विद्यालयको निरीक्षण

IMG_20220913_234737.jpg

गान्तोक: राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपालले हिजो रिनाकमा सञ्चालित सरकारी उच्चत्तर माध्यमिक विद्यालयको निरीक्षण गरे। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सम्बोधन गर्दै मन्त्री नेपालले कृषि र पशुपालन दीगो पेशा रहेको बताए।उनले जीवनमा लक्षित लक्ष्यहरू आत्मसात गर्न गुणस्तरीय मानवीय विशेषताको महत्त्वमाथि प्रकाश पारे। विद्यार्थीहरूलाई उत्प्रेरित गरेर दीर्घकालीन रूपमा कृषिमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने बताए।उनले कृषि खेतीको अवधारणा र जीवन बचाउने पेशामा मानव समाजको एकमात्र निर्भरतालाई जोड दिए। भविष्यमा कृषि उद्यमशीलतातर्फ अग्रसर हुने विद्यार्थीको सानै उमेरदेखि नै भिजन आत्मसात गर्न आवश्यक रहेको बताए। मन्त्री नेपालले विद्यालय पक्षलाई विद्यालयमा कृषि समवन्धी हप्तामा एक पल्ट भोकेसनल प्रशिक्षण प्रदान गरिनु पर्ने आग्रह गरे। विशेष गरेर विद्यार्थीहरूलाई कृषि सम्वन्धि सानैदेखि अभ्यास गर्न लगाएमा भविष्यमा उनीहरूले यसको महत्व बुझ्ने जानकारी गराए।

About Author

Advertisement