मन्त्री ढुङ्गेलद्वारा नवनिर्मित सामुदायिक स्वास्थ्य केन्द्रको उदघाटन

IMG-20250408-WA0275

गान्तोक: स्वास्थ्य विभागीय मन्त्री जीटी ढुङ्गेलले जोरथाङको सीएचसीमा नवनिर्मित मातृ, बाल स्वास्थ्य प्रकोष्ठ एवं सामुदायिक स्वास्थ्य केन्द्रको उदघाटन गरे। उदघाटन कार्यक्रममा क्षेत्र विधायक मदन सिञ्चुरी अस्पतालका चिकित्सक, विभागका अधिकारी लगायत स्थानीयहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि मन्त्री ढुङगेलले मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका सबै स्वास्थ्य केन्द्रहरूमा विभिन्न प्रकारको सुविधा साथै पूर्वाधार र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले राखेर काम गरेको अनि यसमा स्वास्थ्य विभागले पनि गम्भीरतापूर्वक लिँदै काम गरिरहेको बताए। उनले आफ्नो सम्बोधनमा स्वस्थ जनसंख्या सुरक्षित गर्न मातृ तथा बाल स्वास्थ्यको महत्त्वमाथि प्रकाश पारे। मन्त्रीले सबैलाई स्वास्थ्यप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने प्रोत्साहन दिँदै जनतालाई आयुष विभागबाट स्वास्थ्य सेवाको लाभ उठाउन आग्रह गरे।

About Author

Advertisement