गेजिङ: योक्सम–टाशीडिङ निर्वाचन क्षेत्रका विधायक तथा पर्यटन एवं नागरिक उड्डयन विभागका मन्त्री छिरिङ टी. भोटियाले आज आफ्नो क्षेत्रका विभिन्न गाउँमा सामाजिक भ्रमण गरेका छन्।
भ्रमण क्रममा मन्त्री भोटियाले खेचीपेरी नजिक फालेक गाउँ, थिङलिङ गाउँ लगायत योक्समका अन्य गाउँहरू भ्रमण गरेका थिए।
मन्त्री भोटियाले शोक सन्तप्त परिवारका घर पुगेर आफु तथा सिक्किम सरकारको तर्फबाट हार्दिक समवेदना व्यक्त गरे। उनले स्थानीय जनता संग अन्तरक्रिया गर्दै समस्याहरू सुनेका थिए।
साथै, मन्त्रीले सडक निर्माण तथा अन्य जारी सरकारी परियोजनाहरूको निरीक्षण गरेका छन्। पर्यटन एवं नागरिक उड्डयन विभागअन्तर्गत मेगा होमस्टे परियोजनाको पनि उनले अनुगमन गरेका बताइएको छ।










