मन्त्री चन्द्रिमा भट्टाचार्यले गरिन् खोरीबारीमा सहायता केन्द्रको निरीक्षण

gfh.png

खोरीबारी: मुख्यमन्त्रीको निर्देशपछि आजदेखि १०० दिनको कामको बकाया रुपियाँ भुक्तान गर्ने तृणमूल कङ्ग्रेसले पहल शुरू गरेको छ। राज्यकी स्वास्थ्य मन्त्री चन्द्रिमा भट्टाचार्यले आज पहिलो दिन सहायता केन्द्रको निरीक्षण गरिन्। आज खोरीबारीमा आयोजित एउटा शिविरमा राज्यकी स्वास्थ्य मन्त्री चन्द्रिमा भट्टाचार्यले जब कार्ड होल्डरहरूको फारम भरिन्। यस अवधि तिनले १०० दिनको कामको बकाया रुपियाँ लगायत लक्ष्मी भण्डारबारे सोधखोज गरिन्। तिनले भनिन्, २०२१ सालमा गरेको कामको रुपियाँ जब कार्ड होल्डरहरूले पाएका छैनन्। मुख्यमन्त्री ममता ब्यानर्जीको घोषणापछि १ मार्चदेखि तिनीहरूको १०० दिनको बकाया रुपियाँ ब्याङ्क खातामा पस्नेछ। यसको साथै लक्ष्मी भण्डारको रुपियाँ पनि पाउनेछन्।

About Author

Advertisement