मन्त्री खरेलले गरे आवसीय मोडल स्कूलको भूमिपूजन

IMG-20230315-WA0241.jpg

गान्तोक: नाम्ची जिल्ला अन्तर्गत रातेपानी निर्वाचन क्षेत्रको मानेडाँडामा आज आवसीय मोडल स्कूलको भूमिपूजन कार्यक्रम सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिकोरूपमा क्षेत्र विधायक एवम मन्त्री सञ्जीत खरेल रहेका थिए।मन्त्री खरेलले उक्त स्कूलको भूमिपूजन गर्दे विधिवतरूपमा आजदेखि यसको निर्माण कार्य शुरू हुने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै विभागका सचिव डाक्टर एबी कार्कीले प्रत्येक जिल्लामा एक एक वटा आवासीय मोडल पाठशाला खोल्ने निर्णय लिएको बताए। सोही योजना अन्तर्गत नाम्ची जिल्लाको मानेडाँडामा उक्त खोल्ने निर्णय लिएको बताउदै ५२ करोड़ ३२ लाखको लागतमा उक्त आवासीय पाठशाला निर्माण गरिने बताए। आज शिलान्यास अर्थात भूमिपूजन गरिएको आवसीय मोडल स्कूलमा २३ कोठा जसमा ५ वटा प्रयोगशाला रहने जानकारी गराए।सो स्कूलमा ४८० भन्दा अधिक विद्यार्थीहरू अटाउन सक्ने क्षमता भएको हुनेछ भने २४० जना छात्राहरूको निम्ति छात्रावास निर्माण गरिने छ।

About Author

Advertisement