गान्तोकः सिक्किम सरकारको सामाजिक कल्याण विभाग मन्त्री सन्जीत खरेलले शिलङमा केन्द्रिय सामाजिक एवं सशक्तिकरण मन्त्री डा. विरेन्द्र कुमारसॅंग भेट गरेका छन्। उनले बिहिवार बिहान केन्द्रिय मन्त्रीसॅंग भेट गरेका हुन्।
मन्त्री खरेल दुई दिवसीय चिन्तन शिविरमा भाग लिन शिलङ गएका छन्। उक्त शिविरको आयोजना सामाजिक एवं सशक्तिकरण विभागले गरेको बताइएको छ।










