गान्तोक: सिक्किम सरकारको संस्कृति विभागीय मन्त्री विष्णुकुमार शर्माले आज रिनाकमा तारपिन र रिनाक ग्राम पञ्चायत इकाईको नवनिर्मित प्रशासन केन्द्रको औपचारिक उद्घाटन गरे।
शर्माले नयाँ कार्यालय स्थापना भएकोमा बधाई दिए। उनले छोटो समयमा यो महत्वपूर्ण कार्यको लागि प्रशंसा गर्दै यस प्रयासलाई वास्तविकतामा पुर्याउन सहयोग गर्ने भूमिदाता र अधिकारीहरूलाई धन्यवाद दिए। उनले जनताको सर्वांगीण विकासका लागि आफ्नो सहयोगको प्रतिज्ञा गरे। जिल्ला पञ्चायत उपाध्यक्ष प्रभा प्रधानले नयाँ पूर्वाधारको लागि बधाई दिँदै प्रशासन सुधार र विकासलाई तीव्रता दिने सम्भावनालाई प्रकाश पारिन्। उनले शिक्षाको महत्त्वलाई जोड दिए र नि:शुल्क बोर्ड कोचिङबारे जानकारी दिइन्। उनले तल्लो तहमा दिगो र क्षयरोगमुक्त समाजको स्थापना गर्न जनताको सहभागिता र सहयोगका लागि आह्वान गरिन्। पञ्चायत निदेशख तेन्जिङ दोर्जी डेन्जोङ्पाले यस क्षेत्रमा नयाँ केन्द्रको उद्घाटनले नयाँ जोश आएको उल्लेख गरे









