गान्तोक: राज्यका शिक्षा तथा स्वास्थ्य विभाग मन्त्री के एन लेप्चाले शुक्रबार सिच्छेस्थित एक होटलमा आयोजित कार्यक्रममा एन्टीमाइक्रोवायल रेसिस्टेन्सको निम्ति सिक्किम स्टेट एक्सन प्लानको शुभारम्भ गरे। विशेष गरेर मानिसहरूले विरामी हुँदा प्रयोग गरिने एन्टीबायोटिकको दुरूपयोग भइरहेकोले यसलाई रोकथाम गर्न साथै आम मानिसहरूलमा सचेत गराउनको निम्ति यस योजनाको शुरूवात गरेको बताए। एन्टीबायोटिकले विश्वमा नै आतंक फैल्याएको बताउँदै यसले केवल मानव जातिलाई मात्र नभएर घरमा पालिने जनावरहरूलाई पनि यसको नकारात्मक प्रभाव परेपछि यस विषयमा आम मानिसहरूलाई सचेत गराउनको निम्ति यस प्रकारको योजना शुरू गरिएको हो। रोगीहरूले एन्टीबायोटिकको प्रयोग गरेपछि जताततै फ्याँक्ने भएकोले यसको अप्रत्यक्ष प्रभाव घरमा पालिने पशुहरूलाई पनि प्रभाव पर्ने गरेको उनको भनाइ रहेको छ। उनले बताएअनुसार एन्टीबायोटिकको कारण वन जंगल साथै भूमिलाई पनि असर पर्ने गरेकोले यस विषयमा वन विभागले पनि सक्रियरूपमा काम गर्नेछ।
राज्य सरकार र नेश्नल सेन्टर फर डिसिज कण्ट्रोलको संयुक्त पहलमा आयोजना गरिएको यस कार्यक्रममा एएमआर नोडल अधिकारी डा. तारा शर्माले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा सिक्किम सरकारले यस विषयमा एसटीएनएम अस्पतालका नर्सहरूलाई विभिन्न स्थानमा लगेर अध्ययन गराएको पिन अवगत गराइन्। अध्ययनको क्रममा एन्टीबायोटिकले केवल मानिसहरूलाई मात्र प्रभाव नपरेर पशु प्रामी र भूमिलाई पनि असर गरेको बताइन्। यसै क्रममा आइडीजीएस योजनाका डा. सञ्जीब साइनी, युएसएआईडीकी डेभलोपमेन्ट एसिस्टेन्स स्पेस्लिस्ट जा. ब्रसली देशमुखले पनि यसबारेमा मन्तव्य राखेका थिए।










