मन्त्री शेर्पाले गरे स्वर्ग जाने सिढी परियोजनाको छड़्के भ्रमण

IMG-20230522-WA0332.jpg

गान्तोक: लामो समयदेखि थाँतीमा रहेको परियोजना स्वर्ग जाने सिढी-को निर्माणकार्यको आज एमएन शेर्पाले जायजा लिए। उनी आज आफ्नो निर्वाचन क्षेत्र दरमदिनमा निर्माण भइरहेको यस परियोजना बारे जानकारी लिन छड़्के भ्रमणमा पुगेका थिए। उल्लेखनीय छ, पश्चिम सिक्किमको सोरेङ जिल्लाअन्तर्गत दरमदिनमा लोमा समयदेखि लेप्चा जातिको धरोहर मानिने स्वर्ग जाने सिढी परियोजनाको निर्माणकार्य चलिरहेको छ।

यस भ्रमणअवधि परियोजनाका ठेकादारहरूसित भेटर मन्त्री शेर्पाले निर्माणकार्यमा थप कुनै प्रकारको ढिलाई नगर्ने निर्देश दिएका छन्।

About Author

Advertisement