मन्त्री एमएन शेर्पाद्वारा दुध उत्पादकहरूलाई प्रोत्साहन राशि प्रदान

IMG-20220613-WA0157.jpg

सोरेङ। सोरेङ जिल्लाको दरामदिन समष्टि अन्तर्गत ३४ वटा दुध उत्पादक सहकारी समितिका दुध उत्पादक कृषकहरुलाई आज सरकारद्वारा प्रदान गरिने प्रतिलिटर ८ रुपियाँ प्रोत्साहन राशि क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाको बहुलीबाट वितरण गरियो। दरामदिन समष्टिको तिक्पुरस्थित सामुदायिक भवनमा सिक्किम मिल्क युनियन र पशुपालन एवं चिकित्सक सेवा विभागको संयुक्त तत्वावधानमा आयोजित उक्त कार्यक्रममा कृषकहरुलाई दिसम्बर २०२१ देखि मार्च २०२२ सम्म चार महिनाको प्रोत्साहन राशि मोठ ३४ लाख ७२ हजार २ सय २४ रुपियाँ वितरण गरियो। दरमदिन समष्टिका ३४ वटा दुध उत्पादक सहकारी समिति मध्ये साप्रेनागी दुध उत्पादक सहकारी समितिले सबैभन्दा ज्यादा प्रोत्साहन राशि २ लाख ७९ हजार ३ सय ६८ रुपियाँ प्राप्त गर्न सफल बने।

स्मरण रहोस्, राज्य सरकारले दुध उत्पादक कृषकहरुको आयस्रोतलाई बढोत्तरी गर्न प्रतिलिटर ८ रुपियाँ प्रोत्साहन राशि थपेर दिने महत्त्वकांक्षी कार्यक्रम अप्रेल २०२० देखि शुरु गरेको छ। यो कार्यक्रमको शुरुवात भएपछि सिक्किमका दुधको उत्पादनमा निकै बढोत्तरी आएको छ।

कार्यक्रममा मुख्य अथितिको रूपमा उपस्थित क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाले सम्बोधन गर्ने क्रममा आँगनमा नै प्रशासन भन्ने सरकारको नीति अनुरुप यसरी गाउँ-गाउँमा आमजनतालाई प्रोत्साहन राशि वितरण गरिने कार्यक्रम भइरहेको बताएका छन्। राज्य सरकारले कृषकहरुलाई अभिप्रेरित गर्न विभिन्न योजना अन्तर्गत कैयौं कार्यक्रमहरु जमिनी स्तरका कार्यान्वयन गरिरहेको बताउँदै यी अवसरबाट जनतालाई भरपूर फाइदा उठाउने आह्वान गरे।

मन्त्री शेर्पाले उपस्थित कृषकहरुलाई प्रोत्साहित गर्दै आउने समयमा दरमदिन समष्टि राज्य कै सबै भन्दा ज्यादा प्रोत्साहन राशि प्राप्त गर्ने समष्टि गर्नुपर्छ भन्दै पशुपालनलाई उद्योगमा रूपमा लिनुपर्ने पनि उनले आह्वान गरे।

About Author

Advertisement