गान्तोक: सडक तथा पुल विभागका मन्त्री नरबहादुर दाहालले आज बिहान जोरथाङस्थित लेक्शेप राष्ट्रिय राजमार्ग रेशी एनएचपीसी बाँध परिसरमा रहेको टनलको भ्रमण गरेका छन्। यहाँको टनलमा पानी चुहिएर मानिसहरूलाई धेरै समस्या भइरहेको गुनासो अघि आएपछि समाधानको उपाय सुनिश्चित गर्न मन्त्री दाहालले भ्रमण गरेका हुन्। भ्रमणको क्रममा उनको साथमा रिञ्चेन्पोङ निर्वाचन क्षेत्रका विधायक इरूङ तेञ्जिङ लेप्चा, सोरेङ जिल्लाका जिल्लापाल धिरज सुवेदी, मंगलबारे महकुमा अधिकारी सन्तोष आले, सडक तथा पुल विभागका अभियान्ता, एनएचपीसीका जीएम लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।









