मन्त्री उप्रेतीले गरे अन्तर्राष्ट्रिय सहकारिता वर्ष कार्यक्रमको उद्घाटन

IMG-20250124-WA0247

गान्तोक: राज्य सरकारको सहकारिता विभागको तत्वावधानमा अन्तर्राष्ट्रिय सहकारिता वर्ष 2025को उद्घाटन कार्यक्रम आज यहाँको तादोङस्थित सहकारिता भवनमा सम्पन्न भयो। कार्यक्रममा विभागका मन्त्री अरुण उप्रेती मुख्य अतिथि रहेका थिए। यसरी नै सिकनका अध्यक्ष मंगलजीत राई, सहकारिता विभागकी सचिव श्रीमती ग्लोरिया नाम्चु अनि अधिकारीहरू, नाबार्ड, सिम्फेड र सिस्को ब्याङ्कका अधिकारीहरू साथै विभिन्न सहकारिता संस्थानका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
विभागको कार्यालय परिसरमा सहकारिता ध्वजको उत्तोलनपछि आरम्भ भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले राज्य अनि देशको आर्थिक विकासमा सहकारिताको महत्व र योगदामाथि प्रकाश पारे। सहकारिताले मानिसलाई संसाधन अनि ज्ञान बाँड़ेर आर्थिक विकासमा सहयोग गर्ने उनले बताए। यसको साथै मन्त्रीले सहकारितामा महिलाहरूको स्हभागितामाथि पनि विशेष जोर दिए।
यसै अवसरमा मन्त्री उप्रेतीको बाहुलीबाट सिस्को ब्याङ्कको तत्काल भुक्ता सेवा (आइएमपीएस) योजनाको पनि विधिवत लोकार्पण गरियो।

About Author

Advertisement