मन्त्रीको गोर्खा जाति विरोधी बयानदेखि जनताको ध्यान हटाउन भागोप्रमो उपाध्यक्ष सतिश पोख्ररेलले एडवर्डको जात र धर्ममाथि प्रश्न तेर्साउँदैछ: राहुल गुरूङ

IMG-20230414-WA0330.jpg

दार्जीलिङ: मन्त्रीको गोर्खा जाति विरोधी बयानदेखि जनताको ध्यान हटाउन भागोप्रमो केन्द्रीय उपाध्यक्ष एंव जीटीए सभासद सतीश पोख्ररेलले हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको जात र धर्ममाथि प्रश्न तेर्साउँदैछ यो मन्तव्य हाम्रो पार्टीको दार्जीलिङ महकुमा समितिका प्रवक्ता राहुल गुरूङले पोखेको हुन्। उनले यस विषयमा भने, ‘गत केही महिना अघि राज्यको सत्ता दल तृणमूल कांग्रेसले बंगाल विधान सभामा बंगाल विभाजनको विरोधमा विरोध प्रस्ताव पेश गरेको थियो अनि उक्त प्रस्तावमाथि चर्चा परिचर्चाको अवधि राज्यको एक जिम्मेवार मंत्रीले अनुप्रवेशकारी नेपाली भाषीहरू र विदेशी आदिवासीहरूले बंगाललाई विभाजन गर्ने षडयन्त्र गर्दैछ भन्ने जस्ता बयान दिएका थिए अनि मन्त्रीको उक्त बयान चल्दै गरेको विधानसभाको अधिवेशनमा रिकार्ड समेत भएको छ। हाम्रो पार्टीको सभासदहरू लगायत ९ जना विपक्षी सभासदहरूले मन्त्रीको उक्त बयानमाथि आपत्ति जनाउँदै गोर्खा रंगमंच भवनको अघितिर अवस्थित रहेको शहीद वेदीमा अनशन बसेका थिए। ९ जना सभासदहरूको आवाजलाई आत्मासात गर्नको साटो सत्ता दलले अनशनमा बसेका ९ जना सभासदहरू विरूद्व पुलिसमा प्राथमिकी दर्ता समेत गरेका छन्।गत केही दिन जीटीए सभाको सभा डाकिएका थियो अनि उक्त सभामा सभासद विनय तामाङले मन्त्रीको बयानमाथि चर्चा गरिनु पर्ने मांग गरेका थिए। तर जीटीए चेयरम्यान अन्जुल चौहानले मंत्रीको बयानलाई राजनैतिक साथै ब्यक्तिको बयान रहेको बताउँदै उक्त विषयमाथि चर्चाको मांगलाई खारिज गरी दिएका थिए। यस संदर्भमा हाम्रो पार्टी अध्यक्ष एंव सभासद् अजय एडवर्ड्सले दुई हात जोडेर राज्यको एक जिम्मेवार मंत्रीले हामी नेपाली भाषी गोर्खाहरूलाई अनुप्रवेशकारी एंव नेपाल राष्ट्रको नागरिक ठहराउने जाति विरोधी कार्य गरेको छ। यस विषयमाथि जीटीए सभाले एक विरोध प्रस्ताव पारित गरेर राज्य सरकारलाई पठाउनु पर्ने अनुरोध गरेका थिए तर सत्ता दलले विपक्षीहरूको मांगलाई अनदेखा गर्दै हामी नेपाली भाषी गोर्खाहरूलाई अनुबेशकारी बताउनेहरूको पक्षमा खडा भए। राज्यको एक जिम्मेवार मंत्रीको जाति विरोधी बयान र जीटीए सभाको सत्ता दलको घृणित कार्यहरू समाजिक संजालहरूदेखि लिएर पत्र पत्रिकाहरू मा निरन्तर रूपमा प्रकाशित भएको देखेर यी विषयहरूदेखि जनताको ध्यान भड्काउन भागोप्रमो केन्द्रीय उपाध्यक्ष एंव जीटीए सभासद सतिश पोख्ररेलले हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको जात र धर्मको कुराहरू गर्दैछ।’
उनले भने, विश्वको धेरै विकाशित राष्ट्रहरूलाई हेर्ने हो भने अथवा हाम्रै देश भारतलाई हेर्ने हो भने जहाँ जहाँ जात र धर्मको विषयलाई विवाद बनाउने कार्यहरू भएको छ। त्यहाँ त्यहाँ मानवता हराएको छ। हिंसा उत्पन्न भएको छ। त्यसकारण हामी कसैले पनि जात र धर्मको राजनीति नगरौं। आजसम्म दार्जीलिङ पहाडमा जात र धर्मको नाममा राजनीति भएको छैन अनि जात र धर्मको राजनीति गर्ने कार्य पनि नगरौं।’

About Author

Advertisement