मनिषी ठाकुर पञ्चानन वर्माको १५७औँ जन्मजयन्ती

IMG-20230214-WA0153.jpg

जलपाईगुडी: मनिषी ठाकुर पञ्चानन वर्माको १५७औं जन्मजयन्ती जिल्लाभर धूमधामका साथ मनाइयो। एसजेडी अध्यक्ष डा. सौरभ चक्रवर्तीले रैकत पाडास्थित मनिषी पञ्चानन वर्मा स्मारक भवनमा रहेको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा पूर्व सांसद लगायतको उपस्थिति रहेको थियो। यसका साथै धुपागुरीमा ठाकुर पञ्चानन वर्माको १५७औँ जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो। धुपगुरी नगरपालिकाको पहलमा राई साहेबको शालिकमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। धुपगुरी सुपर मार्केटमा रहेको राई साहेब ठाकुर पञ्चानन वर्माको शालिकमा नगर निगम प्रशासक बोर्डका उपाध्यक्ष राजेश कुमार सिंहले पुष्पहार अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीसँगै अञ्चल कमिटीका सबै सदस्य उपस्थित थिए। एक एक गरी ठाकुरको प्रतिमामा पुष्प अर्पण गर्नुका साथै ठाकुर पञ्चानन वर्माले समाजमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए। यस दिनलाई बिदा दिने प्रदेश सरकारको निर्णयको अञ्चल समितिका सदस्यहरूले प्रशंसा गरेका छन्।

About Author

Advertisement