मनसुन तयारीलाई लिएर पाकिममा दोस्रो समन्वय सभा सम्पन्न

IMG-20220601-WA0156.jpg

गान्तोक। मनसुन तयारीलाई लिएर पाकिम जिल्लाका जिल्लापल टाशी छोपेलको अध्यक्षतामा दोस्रो चरणको सभा सम्पन्न भयो। पाकिम जिल्लाको रूबान सामुदायिक भवनमा आयोजित सभामा पाकिम जिल्लाका पुलिस अधिक्षक, अतिरिक्त जिल्लापाल,महकुमा अधिकारी लगायत ग्रेफका अधिकारीहरू पनि सामेल रहेका थिए। यस सभा आयोजना गरिनुको मुख्य उद्देश्य पहिलो चरणको सभामा लिएको निर्णय साथै प्रस्तावमाथि गरिएको कामहरूबारे मूल्याङकन गर्नु रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल छोपेलले वन विभाग र एनडीआरएफले अहिलेसम्म गरेको कामको सराहना गरे। उनले महकुमास्तरमा मनसुन तयारीलाई लिएर सभा आयोजना गरिनुपर्ने निर्देश दिए। सभामा आगामी दिनमा प्रत्येक ग्राम पञ्चायत युनिटमा झोडार नालाको सर सफाई गरिनु पर्ने बताए।

About Author

Advertisement