मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा पुन: पोखरेल

IMG-20241226-WA0172

विराटनगर: सुभाषश्री पोखरेल दाेस्राे कार्यकालका लागि मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्।
उनलाई विश्वविद्यालयका कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपकुलपतिमा नियुक्त गरेका हुन्। नियुक्ती पछि उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पद तथा गोपनियताको शपथ ग्रहण पनि गरेका छन्।
शपथ ग्रहण समारोहमा प्रदेशका सामाजिक विकास मन्त्री एवं सो विश्वविद्यालयका सहकुलपति पाँचकर्ण राई, विश्व विद्यालयकाका पदाधिकारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो। पोखरेलको कार्यकाल चार वर्षको रहनेछ।

About Author

Advertisement