मधेश प्रदेश र कोशी प्रदेशमा बांग्ला क्यालेण्डर सार्वजनिक

photocollage_2025429185939968

बिराटनगर: नेपाल राष्ट्रिय बांग्ला समाज द्वारा प्रकाशित प्रथम ऐतिहासिक २०८२ सालको भित्तेपात्रो मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र त्यसैगरी विराटनगरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री सदानन्द मण्डल, मधेश प्रदेश का पूर्व अर्थ एवं कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले अनावरण गरे। उक्त अनावरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरी प्रमुख ढकेन्द्र खतिवडा, सप्तरी जिल्ला अनुसन्धान प्रमुख सुरेन्द्र कोइराला, छिन्नमस्ता गाउँपालिका कार्यालयका अध्यक्ष विद्यानन्द चौधरी, बलान विहुल गाउँपालिका कार्यालयका अध्यक्ष खेमचन्र्द यादव, गैसस मधेश प्रदेश कोषाध्यक्ष लक्ष्मण यादव,कोशी टेलिभिजनका अध्यक्ष नविन नरसिंह नेपाली, सिभिल इन्फोरमेटिक एण्ड सोलुशन प्रा.लि.का निर्देशक संदिप कुमार झा, मधेश प्रिमियर लिग का अध्यक्ष ई.संजिव नारायण यादव, समाजसेवी तुलानाथ माझी, समाजसेवी शतेन्द्र यादव, नेपाल राष्ट्रिय बांग्ला समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार थिए भने मोरङमा नेपाल राष्ट्रिय बांग्ला समाजका केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी, केन्द्रीय सदस्य एवं कोशी प्रदेश इन्चार्ज प्रमोद कुमार चक्रवर्ती, बंगाली समाजका कुन्दन मंडल, हरपित कौर राय, कृष्णा दास, महादेव सरकार, मनोज सुत्रधारी र टनक कुमार लगायतको उपस्थितिमा सार्वजनिक गरिएको छ।

About Author

Advertisement