मदरसा बोर्ड माध्यमिक परीक्षामा अजमिरा परवीन बनिन् स्कुल टपर

21-45-02-36ef8c7f-63be-46cd-9dfa-61c5ff7161af.jpg

राजगञ्ज: मदरसा बोर्डको माध्यमिकमा चियाश्रमिकको छोरी अजमिरा परवीनले ६६१ अङ्क प्राप्त गरेर स्कुल टपर बनेकी छन्। तिनको यस सफलतामा परिवारका सदस्यहरू निक्कै खुसी छन्। तिनी भविष्यमा नर्स बनेर गरिबहरूको सेवा गर्न चाहन्छिन्। अजमिरा परवीन राजगञ्जको सुखानी भोलापाडा हाई मदरसाकी छात्रा हुन्। तिनी राजगञ्ज ब्लक अन्तर्गत सुखानी ग्राम पञ्चायतको पश्चिम साउदाभिटा इलाका निवासी हुन्। अजमिरा परवीनको बाबु अलीउल इस्लाम वर्षमा केही दिन चियाश्रमिकको रूपमा काम गर्छन् भने केही दिन वाहन चलाउने गर्छन्। यस वर्ष मदरसा बोर्ड माध्यमिक परीक्षामा अजमिरा स्कुलमा अव्वल आएकी छन् भने तिनले नर्सिङको पढाई गर्न चाहन्छिन्। अजमिराको बाबु अलिउल इस्लामले बताएअनुसार छोरीको सफलतमा निक्कै खुसी छु। छोरीले भविष्यमा नर्स बनेर आवश्यकमन्दहरूको सेवा गर्न चाहन्छिन्।

About Author

Advertisement