मतिगढा घटनाको दोषीले सजाय पाउनु पर्ने मांगमा भाजपाको युवा मोर्चाद्वारा खरसाङमा पोष्टरिङ

IMG-20230823-WA0219.jpg

खरसाङ: सिलगढीको मतिगढ़ा क्षेत्रमा गोर्खे नाबालिगको हत्यालाई लिएर भारतीय जनता पार्टीको युवा मोर्चाले खरसाङमा पोष्टरिङ गरेको छ। भाजयुमोले खरसाङ बजारको विभिन्न स्थानहरूमा पोस्टरिङ गर्दै मतिगढाको घटनामा गोर्खे चेलीले न्याय पाउनु पर्ने मांग गरेका छन्। भाजपाको युवा मोर्चा दार्जिलिङ जिल्ला महासचिव बिनय प्रसाद, सचिव लाकेस सिंह, खरसाङको सभापति निरपराज रणपहेंली, घैयाबारी ग्राम एकको पञ्चायत समिति सदस्या दिक्षा तामाङ, भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामा आदिको उपस्थतिमा खरसाङ बजारको विभिन्न स्थानहरूमा पोष्टरिङ गर्दै मतिगढ़ाको घटनको दोषीलाई सजाय दिनु पर्ने मांग गरेका छन्। उक्त पोष्टरिङ विषयमा बोल्दै भाजपा युवा मोर्चा दार्जिलिङ जिल्ला महासचिव बिनयप्रसादले यस घटनाको दोषीले भारतीय कानूनको सबैभन्दा ठूलो सजाय जे छ त्यही सजाय पाउनुुपर्छ भनी बताएका छन्। त्यसरी नै युवा मोर्चा दार्जिलिङ जिल्ला सचिव राकेस सिंहले पत्रकारहरूसित कुराकानी गर्दै मतिगढा घटनाको दोषीले कड़ाभन्दा कड़ा सजाय पाउनुपर्छ। दोषीलाई पुलिसले पक्राउ गरेको छ तर एक हप्ताभित्रमा चारसिट दाखिल गरेर कानुनले आफ्नो काम गर्छ भन्ने प्रशासनप्रति विश्वास गरेको बताएका थिए। उनले राज्यकी मुख्यमन्त्री महिला भएकोले महिलाले सही न्याय पाउनेछ भन्ने आशा छ र यो हामीले राजनैतिक रूपमा भनेको होइन भनी बताएका छन्। राकेस सिंहले अघि भने, हाम्रै गोर्खा चेलीको हत्या हुँदा यहाँ राजनैतिक दलहरू, जनता, विद्यालयहरू सबैले विरोध जनाउनुपर्छ।

About Author

Advertisement