सिलगढी: सिलगढी नजिक मतिगढा अस्पताल रोड धेरै समयदेखि जर्जर अवस्थामा रहे तापनि प्रशासनले यसतर्फ कुनै ध्यान नदिएकोले आज स्थनीय मानिसहरूले यसमा विरोध प्रकट गरे। स्थनीय मानिसहरूले बताए अनुसार मतिगढा २ नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने उक्त सड़क लगभग ६ महीनादेखि जर्जर अवस्थामा रहेको छ भने यसको मरमत्तिको नाममा केवल कोइला र ढुङ्गा बिछ्याउने गर्दछ। यसै सडकमा मतिगढा खण्डको अस्पताल पर्ने गरेको यहाँ दिनहुँ सैकड़ों रोगीहरू उपचारको लागि आउने गर्दछन् रोगीहरू यहीँ सडक भएर अस्पताल जाने गर्दछन् । उक्त सडक जर्जर अवस्थामा रहेकोले धेरैजसो टोटो तथा बाइक चालकहरू दुर्घटनाको सिकार हुने गर्दछन्। पञ्चायत चुनाउभन्दा अघि सड़कको समस्या समाधान गरिदिने पार्टीका नेताहरूले वाचा गरेको थिए भने हाल चुनाउ जितेपछि पनि कुनै पहल गरेका छन्। उक्त सडक कहिले बनिन्छ भन्ने विषयलाई लिएर स्थानीय मानिसहरू चिन्तित छन्।










