मतिगढ़ा हत्याको आरोपीले सजाय पाउनुपर्छ भन्ने मांगमा अखिल भारतीय गोर्खा विद्यार्थी संगठनद्वारा खरसाङमा पोष्टरिङ

IMG-20230823-WA0255.jpg

खरसाङ: नेपाली कल्याणी उच्चत्तर विद्यालय, सिलगढीका विद्यार्थीको जघन्य हत्याको विरोध गर्दै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघद्वारा खरसाङमा पोष्टरिङ गरेको छ। भागोप्रमोको भातृ संगठन अखिल भारतीय गोर्खा विद्यार्थी संगठन खरसाङ महकुमा समितिले हत्या आरोपीले सजाय पाउनुपर्छ भन्दै खरसाङ बजारको विभिन्न स्थानहरूमा पोष्टरिङ गरेको छ। विद्यार्थी संगठनले खरसाङ महाविद्यालय र दार्जिलिङ पोलिटेकनिकल कलेजका विद्यार्थीहरूलाई लिएर उक्त पोष्टरिङ गरेका छन्।

पोष्टरहरूमा हत्या आरोपीलाई प्रशासनले पक्राऊ गर्यो। तर पक्राउ मात्र होइन आरोपीले उचित सजाय पाएको हुनुपर्छ। उचित सजायले मात्र परिवारले न्याय पाउनेछ भनी लेखिएको छ। यस पोष्टरिङ विषयमा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महाकुमा समितिको महासचिव दयाराम शर्माले मतिगढ़ा घटनाको अखिल भारतीय गोर्खा विद्यार्थी संगठन खरसाङ महकुमा समिति घोर विरोध र घोर निन्दा गर्दछौं र यसैको विरोधमा आज हामीले खरसाङ महाविद्यालय र दार्जिलिङ पोलिटेकनिकल कलेजका विद्यार्थीहरूलाइ लिएर खरसाङ बजारमा पोष्टरिङ गरिएको जानकारी गराएका छन्। उनले भने, ‘हामी चाहान्छौं कि हत्या आरोपीलाई पुलिस प्रशासन र सरकारले कड़ाभन्दा कड़ा सजाय दिएको हुनुपर्छ। भारतीय कानुन अनुसार सबैभन्दा ठूलो सजाय जुन छ त्यही सजाय पाउनुपर्छ ताकि भविष्यमा पनि घस्तो घटना नदोहोरिएको होस्।’

दयाराम शर्माले अघि भने, यस्तो घटना फेरि फेरि हाम्रो गोर्खा सन्तानमा मात्र होइन तर कुनै जात, धर्ममा पनि नघटेको होस्। हामी यो घटनाको विरोध गर्दछौं अनि परिवार पक्षले न्याय पाउनुपर्छ भनी मांग गर्दछौं।’

About Author

Advertisement