मतिगढ़ा घटनाको विरोधमा सोनादामा सामुहिक विरोध कार्यक्रम अनि फाँसीको मांग

IMG-20230824-WA0237.jpg

सोनादा: मतिगढामा नाबालिक छात्राको निर्मम हत्या गरिएको प्रतिवादमा आज सोनादामा मोमबत्ती बालेर कडा विरोध जनाइएको छ। हत्याक प्रतिवादमा आज सोनादा बजार पनि बन्द रहेको थियो। आज सम्पूर्ण राजनैतिक दल, संघ संस्थाहरू, विभिन्न समाजहरू र सर्वसाधारण सबै एउटै मञ्चमा उँभिएर उक्त घटनाको घोर विरोध गरिएको छ। मतिगढा घटनाको विरोध गर्दै सबै मिलेर दुई मिनटको मौन धारण गरी मृत आत्माले शान्ति पायोस् साथै शोकाकूल परिवारप्रति शोक समवेदना प्रकट पनि गरिएको छ। सोनादाको रेलवे स्टेशन परिसरमा भेला भएर मानिसहरूले हत्याराले सजाय पाउनु पर्ने मांग गरेका छन्।

उपस्थित मानिसहरूले दोषीलाई मृत्यु दण्ड दिनु पर्छ भनी सबैले आफ्नो मांग राखेका छन्। गोर्खे छोरीको हत्याको विरोधमा सोनादाले एकता देखाएको छ। सबै तप्काका मानिसहरू भेला भएर क्याण्डल बालेर श्रध्दाञ्जली अर्पण गर्नुको साथै न्यायको मांग पनि गरेका छन्। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै स्थानीयहरूले हत्याको आरोपीले फाँसीको सजाय पाउनुपर्छ भनी मांग गरेका छन्।

About Author

Advertisement