मताधिकार खोस्ने प्रयासको आरोप, ममता बनर्जी द्वारा भाजपा विरुद्ध आक्रोश

ava1c05s_west-bengal-assembly-elections-_625x300_17_March_26

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी ले भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकारले विधानसभा निर्वाचनअघि मतदाता नामावली पुनरावलोकनमार्फत नागरिकको “मताधिकार खोस्ने” प्रयास गरिरहेको आरोप लगाएकी छन्।
तृणमूल कांग्रेस की अध्यक्ष समेत रहेकी बनर्जीले रेड रोड मा ईद नमाजपछि हजारौं मानिसलाई सम्बोधन गर्दै विशेष गहन पुनरावलोकन (एसआईआर) निर्वाचन प्रक्रियामा असर पार्ने ठूलो रणनीतिको हिस्सा भएको दाबी गरिन्।
उनले भनिन्, “हामी नरेन्द्र मोदी र भाजपा लाई जनताको मताधिकार खोस्न दिने छैनौं। लोकतन्त्र र नागरिक अधिकारको रक्षा गर्न अन्तिमसम्म लड्नेछौं।”
बनर्जीले विशेषगरी अल्पसंख्यक बहुल क्षेत्रमा वास्तविक मतदाताहरूको नाम हटाउने प्रयास भइरहेको आरोप लगाउँदै यस्ता कदमको कडा विरोध गरिने बताइन्।
उनले बंगाललाई विभाजन गर्न खोज्ने शक्तिहरूलाई चेतावनी दिँदै सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनका अनुसार पश्चिम बंगालमा सबै धर्मका मानिसहरू मिलेर बस्ने परम्परा रहेको छ र कसैलाई पनि यो सामाजिक संरचना बिगार्न दिइने छैन।
रेड रोडमा आयोजना हुने वार्षिक ईद कार्यक्रम पूर्वी भारतकै ठूला कार्यक्रममध्ये एक मानिन्छ र निर्वाचन वर्षमा राजनीतिक रूपमा निकै महत्त्वपूर्ण हुने गर्दछ। राज्यमा करिब ३० प्रतिशत मुस्लिम मतदाता रहेका कारण यसको राजनीतिक प्रभाव अझ बढी देखिन्छ।
आगामी विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै तृणमूल कांग्रेस चौथो कार्यकालको प्रयासमा छ भने भारतीय जनता पार्टी आफ्नो आधार बलियो बनाउने रणनीतिमा रहेको छ।

About Author

Advertisement