गान्तोक: मणिराम फालीडाँडा ग्राम पञ्चायत यूनिटका पञ्चायत अध्यक्ष सोनम तामाङको नेतृत्वमा आज ग्रामसभा सम्पन्न भयो। सभामा मुख्य अतिथिकोरूपमा नाम्ची सिङ्गीथाङ निर्वाचान क्षेत्रका विधायक सतिश चन्द्र राई मुख्य अतिथिकोरूपमा उपस्थि रहेका थिए।
ग्रामसभा जनता योजना अभियानअन्तर्गत सञ्चालन गरिएको थियो, जसमा बाल सभा, युवा सभा र महिला सभा आदि विषयलाई समावेश गरिएको थियो। सभामा यस ग्राम पञ्चायत यूनिटअन्तर्गत सबलेटिङ लाइसेन्स अनुमति पत्र निषेध, बजार क्षेत्रमा अवस्थित घरपरिवारहरूको लागि सरसफाइ प्रमाणपत्र प्राप्त गर्न अनिवार्य, फोहोर शुल्क भुक्तानी आदि बारेमा चर्चा गरियो अनि केही प्रस्ताव पनि पारित गरियो।
सभालाई सम्बोधन गर्दै सतीश चन्द्र राईले मणिराम फालीडाँडा जीपीयू पञ्चायतले गरेको कामको प्रशंसा गरे। उनले शून्य कालमो उठाइएका मुद्दाहरूलाई तुरुन्तै सम्बोधन गर्न र समाधान गर्न लाइन विभागका सबै अधिकारीहरूलाई आग्रह गरे। यसका साथै उनले सम्बन्धित विभागका अधिकारीहरूलाई उनीहरूको कल्याणका लागि लक्षित विभिन्न विभागीय योजनाहरूमा जनतालाई शिक्षित गर्न जागरूकता कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिए।









