मणिपुर पैह्रोमा ज्यान गुमाएको सेनाको पार्थिव शरीरहरू बेङ्गडुबी सेना छाउनीमा ल्याई पुऱ्यायो

19-34-58-e97162a6-bb2c-442e-bb0c-49526cfca246-1024x576.jpg

सिलगढ़ी: मणिपुरमा गएको भीषण पैह्रोमा ज्यान गुमाएको १८ जना टेरिटोरियल सेनाका जवानहरूमध्ये आज पहाड़ र समतल गरि जम्मा ११ जना सेना जवानहरूको पार्थिव शरीर आज बेङ्गडुबी सेना छाउनीमा ल्याई पुऱ्याएको थियो भने शहीद सेना जवानहरूलाई राजकीय सम्मान दिए पश्चात पैतृक थलोमा लगिएको छ। आज उक्त राजकीय सम्मानमा शहीद जवानहरूलाई श्रद्धाञ्जली अर्पण गर्न सेनाका वरिष्ठ अधिकारी लगायत पहाड़ औ समतलका विभिन्न राजनैतिक दलका नेताहरूको उपस्थिति रहेको थियो। अनित थापा, बीपी बजगाँई, निरज जिम्बा, शंकर घोष, आनन्दमयी बर्मन, पापिया घोष आदिले श्रद्धाञ्जली अर्पण गरेको थियो।

About Author

Advertisement