मणिपुर पैह्रोमा ज्यान गुमाउने सिक्किमका जवानप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जली

IMG_20220701_133057.jpg

गान्तोक। मणिपुरको नोने जिल्लामा भएको भयावह पैह्रोको चपेटमा परेर ज्यान गुमाउने उत्तर सिक्किमको जङ्गु रुक्लु कायम निवासी भारतीय सेनाका ११ गोर्खा राइङ्गल्सका छिरिङ लेप्चाको निधनमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो शोक प्रकट गरेका छन्‌। उनीसँगै अन्य सात जना जवानले उक्त पैह्रोमा परेर ज्यान गुमाएको थाहा लागेको छ। शहीदको परिवारप्रति यस दुखद घड़ीमा ईश्र्वरले सहन गर्ने शक्ति प्रदान गरुन्‌ भन्दै अन्य सैनिकहरूको सुरक्षाको कामना गरेका छन्‌।

About Author

Advertisement