मणिपुर घटनाको प्रतिवाद जनाउँदै मिरिकमा विरोध रैलीको आयोजना

MIR-3.jpg

मिरिक: मणिपुर घटनाको विरोध तथा महिलामाथि भएको अत्याचारको प्रतिवाद जनाउँदै आज मिरिकमा विरोध रैली निकलिइयो। मिरिक टाउन कम्युनिटी वेल्फेयर सोसाइटीको आयोजना सम्पन्न यस विरोध रैलीमा उपस्थित महिलाहरूले हातमा प्ला कार्ड बोकेर मणिपुरमा भएको जातीय द्वन्द्व तथा महिलामाथि भएको अत्याचारको विरोध जनाए। यो रैली मिरिक बाइपासबाट शुरू गरेर मिरिक बजार हुँदै कृष्णनगरमा पुगेपछि समापन गरियो।

About Author

Advertisement