मणिपुरमा महिलामाथि भइरहेको अत्याचारको विरुद्धमा क्यान्डल मार्च

IMG-20230802-WA0257.jpg

कोलकाता: मणिपुरमा महिलामाथि भइरहेको अत्याचार विरुद्ध पाण्डुआ ब्लक बङ्ग जननी वाहिनीले पाण्डुआ रोडमा क्यान्डल मार्च निकाल्यो। बङ्ग जननी वाहिनीको तर्फबाट यो जुलुस पाण्डुआ तेलीपाडा नजिकैको तृणमूल कांग्रेस ब्लकको पार्टी कार्यालयबाट सुरु भएको थियो। केन्डल पदयात्रा कालबजारदेखि तेलीपारा कालना मोड हुँदै जीटी रोडको छेउमा रहेको पाण्डुवा मेलामा पुगेर समापन भएको थियो‌। उक्त रेलीमा गजाननी वाहिनीका सयौं महिलाले मैनबत्ती बोकेर, कालोपट्टी बाँधेर मणिपुरमा महिलामाथि हुने नरकीय उत्पीडन र भीड हिंसाको विरोध गरेका थिए।

About Author

Advertisement