मणिपुरमा केसीपी (एन) का पाँच लडाकू पक्राउ

Untitled-1-copy-1

इम्फाल: जुलाई १४ मा सुरक्षा बलहरूले मणिपुरको काक्चिङ खुनौमा अपहरण र जबरजस्ती फिरौतीको षड्यन्त्रलाई विफल पारे, अनि कांगलीपाक कम्युनिष्ट पार्टी (केसीपी-एन) नोङद्रेनखोम्बा समूहका पाँच सदस्यहरूलाई पक्राउ गर्यो। पक्राउ पर्नेमा सोइबाम लञ्चनबा मितेई (२५), सोइबाम मनोज सिंह (२७), हेस्नाम दिपक मितेई (३९), नमिरकपाम नेल्सन सिंह (२०) र नोङथोम्बम लेसेम्बा (२३) रहेका छन्l कारबाहीका क्रममा सुरक्षा बलले संदिग्धहरूबाट धेरै सामानहरू बरामद गरेको छ, १. दुई वटा पेस्तोल, प्रत्येकमा पाँच राउन्ड भरिएको म्यागजिनसहित, २. तीन मोबाइल फोन, तीन क्यामोफ्लाज पोशाक ४. लाइसेन्स प्लेट बिनाको बोलेरो गाडी स्थानीय अधिकारीहरूले दर्ता गरेका छन्। घटनाको विषयमा थप अनुसन्धान शुरु गरेको छ।

About Author

Advertisement